Saturday, September 26, 2020

शिवगढी किल्ला / मन्दिर शिवराज नगरपालिका, कपिलबस्तु

 Kapilvastu Tourism
सेयर गराै आफ्नाे क्षेत्रकाे प्रचार प्रसार आफै गराैँ ।
शिवगढी किल्ला / मन्दिर शिवराज नगरपालिका, कपिलबस्तु
                प्राचीन कालमा कपिलबस्तु जिल्ला दुई जिल्लामा विभाजित रहेको थियो । पूर्वको भाग अर्थात हालको तिलौराकोट महामानव सिद्धार्थ गौतम बुद्धका पिता एवम शाक्य राजा शुद्धोधनको राज्य क्षेत्र थियो भने पश्चिमी क्षेत्र अर्थात हालको शिवराज क्षेत्र तत्कालिन राजा शिवराजको राज्य रहेको थियो । राजा शिवराजको दरबार क्षेत्र वा प्रसिद्ध गढी भएकै कारण यस क्षेत्र शिवगढीको नामले प्रसिद्ध रहँदै आएको छ ।
भगवान शिवको महत्वपूर्ण शक्तिपिठ मध्येको यहाँ रहेको शिवमन्दिर समेत रहेकाले धार्मिक हिसावले प्रख्यात रहेको छ ।

हिन्दुहरुका प्रसिद्ध देउता शिव मन्दीर समेत रहेको ऐतिहासिक ,धार्मिक,तथा पुरातात्विक महत्वको यस किल्लामा परापूर्वकालदेखी नै महाशिवरात्रीको दिन विषेशगरी कपिलबस्तु ,रुपन्देही ,नवलपरासी ,अर्घाखाँची ,दाङ्ग,प्यूठान लगायतका जिल्लाहरुबाट र छिमेकी मुलुक भारतका विहार,उत्तर प्रदेश लगायतका ठाउँबाट ठुलो सँख्यामा हिन्दु धर्मावलम्वी दर्शनार्थीहरु आइ विधिपूर्वक शिवको पुजा
,आर्चना गर्ने गर्दछन ।
विविध महत्व बोकेको यस क्षेत्रमा त्रिभूवन विश्व विद्यालयका पुरातत्व विभागका प्रा.डा.मदन रिमाल र लुम्बिीनी विकास कोषका पुरातत्व अधिकृत हिमाल उप्रती लगायतको समुहले गरेको प्रारम्भिक अध्ययन, अनुसन्धान तथा उत्खननबाट त्यहाँ ऐतिहासिक गढी तथा किल्ला रहेको र गुप्त कालका ईटाका टुक्राहरु र कँुदिएका ढुँगाहरु फेला परेका छन । यी अवशेषको प्राप्तीले यस क्षेत्रको महत्वलाई अझ बढाएको छ । यो शिवगढी पर्वत क्षेत्र तत्कालिन बाईसे,चौबीसे राज्यका राजा एवम बौद्ध धर्मावलम्वी राजा रिपु मल्लको पालामा शाक्य राजधानी तिलौराकोट हुँदै बुद्ध जन्मस्थल लुम्बिनी आवत जावत गर्ने मार्ग रहेको अनुमान गरिएको छ ।

कपिलबस्तु जिल्लाको पश्चिीमी क्षेत्रमा अवस्थित शिवगढी किल्ला, शिवराज नगरपालिका वडा नँ ९ मा समुन्द्र सतहदेखी ९५४ मिटर उचाइमा अवस्थित रहेको छ । शिवराज नगरपालिकाको शिवराज स्थित पूर्व पश्चिम लोक मार्गको शिवपुर कलौनीबाट ४ किलोमिटर सुरही खोला पार गरेपछी आइन्छ भने छिमेकी मुलुक दक्षिणी भारतको आर टी आइ सडकदेखी २१ किलोमिटर दुरी पार गरेर पुग्न सकिन्छ ।धार्मिक ,ऐतिहासिक ,पुरातात्विक महत्वको रुपमा रहेको यस क्षेत्रलाइ तिब्र प्रचार प्रसार गर्दै यसको स्तरोन्नति एवम विकास गर्न सकेमा कपिलबस्तु जिल्लाको पश्चिमी क्षेत्र समृद्ध हुने प्रशस्त सँभावना रहेको छ ।

पदमार्गलाइ व्यवस्थित र स्तरोन्नति गर्दै केबलकारको व्यवस्था गरेमा आन्तरिक तथा बाह्य पर्यटकहरु भित्राउन सकिने प्रशस्त आधारहरु रहका छन । यस क्षेत्रलाई प्रदेश ५ अन्र्तगतको एक प्रमुख गन्तब्यको रुपमा विकास गर्न सकिने प्रबल सँभावना रहेको छ । हाम्रो क्षेत्रमा भएका धार्मिक, ऐतिहासिक। पुरातात्विक एवम पर्यटकीय सम्पदाको सँरक्षण ,प्रचार—प्रसार एवम पर्यटन प्रर्बद्धन गर्नु हामी जिल्लाबासी सबैको जिम्मेबारी हो ।
 

No comments:

Post a Comment

प्राचिन कपिलवस्तु शहरको विकासका लागी तयार हुँदै गरेको गुरुयोजनाका केहि झल्कोहरु :

 शाक्य गणराज्यको गौरवशाली राजधानी प्राचिन कपिलवस्तु शहरको विकासका लागी तयार हुँदै गरेको गुरुयोजनाका केहि झल्कोहरु :       महाकारुणिक भगवान ब...