Tuesday, September 29, 2020

कुदान ( प्राचीन निग्राेधराम )

 

कुदान ( प्राचीन निग्राेधराम )


      बुद्धको जन्मस्थल लुम्बिनीबाट २८ किलोमिटर दक्षिण पश्चिममा अवस्थित रहेको छ भने,कपिलबस्तु जिल्लाको सदरमुकाम तौलिहवाबाट ३ किलोमिटर दक्षिणमा रहेको यस कुदानलाई प्राचीन निग्रोधरामका नामले पनि चिन्न सकिन्छ ।

यस स्थलमा सिद्धार्थ गौतम बुद्धले ज्ञान प्राप्त गरि सकेपछि पहिलोपटक प्राचीन कपिलबस्तुका राजा एवम सिद्धार्थ गौतमका बुवा शुद्धोधन , रानी प्रजापती गौतमी ,श्रीमती तथा राजकुमारी यशोधरा तथा छोरा राहुललाई पहिलोपटक भेट गरेका थिए । यसै ठाउँमा प्रजापतिले बुद्धलाई काष्य बस्त्र प्रदान गरेकी तथा बुद्धका पुत्र राहुललाई भिच्छु बनाएका थिए ।

धार्मिक तथा पुरातात्विक यस स्थलमा हाल ३ वटा स्तुपहरु ,१ पोखरी,१ ईनार रहेका छन । चिनिया यात्री फाहिसियन (Fa-hsien ,5th Century AD) तथा ह्यूएन साङ (Hiuen Tsang , 7th Centry AD )मा गरेको आफ्नो यात्रा विवरणमा राजा शुद्धोधन, तथा शाक्यमुनी बुद्धले निग्रोधराममा स्वागत गरेको घटनाहरु वर्णन गरेका छन । केही विद्धानहरुले यस स्थललाई क्रकुच्छन्द बुद्धको जन्मजात शहरको रुपमा समेत रहेको परिचय दिएका छन ।

धार्मिक, एतिहाँसिक ,पुरातात्विक एवम पर्यटकीय दृष्टिकाेँणले महत्वपूर्ण यस क्षेत्रकाे स्तराेन्नति एवम विकास अझैसम्म पनि हुन सकेकाे छैन । राष्ट्रिय तथा अन्तराष्ट्रिय महत्वकाे यस क्षेत्रकाे विकास नहुँदा कपिलबस्तु बासी निराश हुनु परेकाे छ । विश्वभरका सयाै राष्ट्रबाट पर्यटकहरु आउने यस क्षेत्र नेपालमै हराइरहेकाे छ । नेपालकै धेरैजसाे ठाँउका मानिसहरु बुद्ध नेपालकाे लुम्बिनीमा जन्मीएका हुन भन्ने बाहेक बुद्धसँग सम्बन्धित यी क्षेत्रहरुकाे बारेमा जानकारी नै पाउन सकेका छैनन ।

त्यसैले यी सम्पदा तथा क्षेत्रहरुकाे प्रचार प्रसार र जानकारी गराउनु हामी सबैकाे दायित्व हाे ।

No comments:

Post a Comment

प्राचिन कपिलवस्तु शहरको विकासका लागी तयार हुँदै गरेको गुरुयोजनाका केहि झल्कोहरु :

 शाक्य गणराज्यको गौरवशाली राजधानी प्राचिन कपिलवस्तु शहरको विकासका लागी तयार हुँदै गरेको गुरुयोजनाका केहि झल्कोहरु :       महाकारुणिक भगवान ब...