Tuesday, September 29, 2020

निग्लिहवा, कनकमुनी बुद्धकाे जन्म स्थल

निग्लिहवा, कनकमुनी बुद्धकाे जन्म स्थल

कपिलबस्तु जिल्लाको सदरमुकाम तौलिहवाबाट ७ किलोमिटर उत्तरमा रहेको निग्लिहवालाई कनकमुनी बुद्धको जन्मस्थलको रुपमा चिनिन्छ । यस स्थलमा सम्राट अशोकले आफ्नो राज्य भिषेकको चौथोँ बर्षमा ई.पू.२४९मा आर्फै शिलास्तम्भ निर्माण गरेको कुरा शिलालेखमा कुँदिएको छ । ब्राह्मी भाषा र पाली भाषामा लेखिएको शिलालेखले यो प्रमाणीत गर्दछ की सम्राट अशोकले आफ्नो राज्यभिषेकको बीसौ बर्षमा कनकमुनी बुद्धको स्तुप विस्तार गरे,यसको पुजा गरे र कनकमुनी बुद्धको जन्मस्थलको चिन्हको लागी एउटा ढुँगाको पिलर खडा गरे जुन स्तम्भमा राजा रिपु मल्लको “ओम मणि पद्ये हम र श्री रिपु मल्ल चिरम जयँतु १२३४” भन्ने शिलालेख छ जुन सन १३१२ कुदिँएको उल्लेख गरिएको छ ।
हाल अशोक स्तम्भ २ टुक्रामा विभाजन भएको अवस्थामा देख्न सकिन्छ । विभाजित उक्त स्तम्भको तल्लो भाग १० फिट ६ ईन्च लामो रहेको छ भने माथिल्लो आधा भाग १४ फिट ९ ईन्च लामो रहेको छ ।

यहाँ कनकमुनी बुद्धको एक सालिक समेत स्थापना गरिएको छ । हाल यहाँ ढलेको अवस्थामा रहेको अशोक स्तम्भलाई सुरक्षित तवरले घेरेर राखिएको छ । यसको माथिल्लो भागको व्यास २ फिट रहेको छ भने तल्लो भागको व्यास २ फिट ६ ईन्च रहेको छ । जसलाई सन् १८९५मा पुरातत्वविद डा.फुहररले पत्ता लगाएका थिए ।
पर्यटकीय एवम पुरातात्विक महत्वको यस क्षेत्र कनकमुनी बुद्धको जन्म स्थल निग्लिहवाको अझैसम्म पनि विकास र स्तरोन्नति हुन सकेको छैन । यी क्षेत्रको स्तरोन्नति र विकास नहुँदा यस क्षेत्रका स्थानियहरु सदैव निराश भएका छन ।

No comments:

Post a Comment

प्राचिन कपिलवस्तु शहरको विकासका लागी तयार हुँदै गरेको गुरुयोजनाका केहि झल्कोहरु :

 शाक्य गणराज्यको गौरवशाली राजधानी प्राचिन कपिलवस्तु शहरको विकासका लागी तयार हुँदै गरेको गुरुयोजनाका केहि झल्कोहरु :       महाकारुणिक भगवान ब...