Sunday, September 27, 2020

ताम्रेश्वर महादेवको नामबाट परिचित कपिलबस्तु जिल्लाको तौलेश्वरनाथ(शिवालय) मन्दिर ।

तौलेश्वरनाथ(शिवालय) मन्दिर,तौलिहवा कपिलबस्तु
ताम्रेश्वर महादेवको नामबाट परिचित कपिलबस्तु जिल्लाको सदरमुकाम तौलिहवा बजारको मध्य भागमा अवस्थित समुन्द्र सतहबाट ९० फिट उचाइमा रहेको यस मन्दिरमा प्राचीन शिवलिङ्ग तथा विभिन्न पत्थरका देवी
देवताका मूर्तिहरु रहेका छन । सिद्धार्थ गौतम बुद्धको लुम्बिनीमा जन्म भए पछी यसै स्थानमा ल्याई उनलाई ताम्रेश्वर महादेवको दर्शन गराई तिलौराकोट दरबार प्रवेश गराईएको भन्ने विश्वास गरीन्छ । यस मन्दिरमा रहेको शिवलिङ्गका बारेमा अध्ययन अनुसन्धान हुन आवश्यक रहेको विद्धानहरु बताउँछन् । यहाँ रहेको शिवलिङ्ग सँसारकै ठुलो शिवलिङ्ग भएको मानिन्छ । यस मन्दिरमा महाशिव रात्रीमा स्वदेशी तथा विदेशी भक्तजन तथा दर्शनार्थीहरुको भब्य आगमन सँगै महाशिवरात्री मेला लाग्ने गर्दछ ।
धार्मिक एतिहाँसिक तथा पुरातात्विक महत्वको यस क्षेत्रको प्रचार

प्रसारको अभाव र स्तरोन्नति हुन नसक्दा नेपालमै हराइरहेको तथा ओझेलमा परेको छ । अझैसम्म यस मन्दिरको अध्ययन अनुसन्धान एवम तिब्र बिकास हुन नसक्दा यस क्षेत्रका स्थानियहरु निराश भएका छन । यसको तिब्र प्रचार प्रसार एवम स्तरोन्नति र विकास गर्न सके यस क्षेत्रको अर्थतन्त्रमा समेत टेवा पुग्ने प्रशस्त सँभावना रहेको छ । यसको स्तरोन्नति,विकास र प्रचार प्रसारमा स्थानिय जनसमुदायको उल्लेख्य भुमिका रहेको हुँदा यसको अध्ययन अनुसन्धान र विकासका लागी तिब्र आवाज उठान गर्न हार्दिक अनुरोध गर्दै यसको चौर्तफि विकासको लागी नेपाल सरकारको समेत ध्यानाकर्षण गर्दछौ ।


No comments:

Post a Comment

प्राचिन कपिलवस्तु शहरको विकासका लागी तयार हुँदै गरेको गुरुयोजनाका केहि झल्कोहरु :

 शाक्य गणराज्यको गौरवशाली राजधानी प्राचिन कपिलवस्तु शहरको विकासका लागी तयार हुँदै गरेको गुरुयोजनाका केहि झल्कोहरु :       महाकारुणिक भगवान ब...