Sunday, September 27, 2020

नेपालकै मानव निर्मित जैविक विविधतायुक्त ताल जगदिशपुर ताल ,कपिलबस्तु

जगदिशपुर ताल ,कपिलबस्तु
प्राचीन भागीरथी हाल बाँणगँगा नदिको नामले परिचित नदिको लक्ष्मणघाटमा बाँध निर्माण गरी यस तालमा पानी ल्याइएको छ । यो ताल



नेपालकै मानव निर्मित जैविक विविधतायुक्त तालहरुमध्ये सबैभन्दा ठुलो ताल हो । यो ताल कपिलबस्तु जिल्लाको सदरमुकाम तौलिहवाबाट लगभग करिब १२ किलोमिटर उत्तर, तथा शाक्य बँशीहरुको सामुहिक बध गरिएको सग्रहवा(लम्बुसागर) तालदेखी करिब ३०० मिटर उत्तर, कपिलबस्तु नगरपालिका वडा नँ ९ र १० स्थित जगदिशपुर भन्ने ठाउँमा अवस्थित रहेको छ । करिब २१५ हेक्टर क्षेत्रफलमा फैलिएको उक्त तालको १५७ हेक्टर भाग पानीले ढाकेको छ । ४,७५०,००० घन मिटर क्षमता रहेको यो तालको गहिराइ ३ मिटर रहेको छ । सन् २००३ सालमा रामसार सुचीमा सुचीकृत भएको यो ताल कपिलबस्तु जिल्लाको महत्वपूर्ण धरोहर हो । यस तालमा ४६ प्रजातिका माछा,घस्रने प्रजातिका ४२ उभयचर प्रजातिका १० तथा स्तनधारी समुहका समेत प्राणीहरु रहेका छन । साथै यहाँ गर्मि याममा बसाई सर्ने ७ प्रजाति,जाडो याममा बसाई सर्ने ६४ प्रजाति र अन्य रैथाने प्रकृतिका प्रणीहरु रहेका छन । विभिन्न मौसमअनुसार यस तालमा विदेशी साइबेरियन चराहरु प्रशस्तमात्रामा आउने गर्दछन । यस्ता आगन्तुक चराहरु जाडो तथा गर्मी मौसम छल्न आई पुन आफ्नै मुलुक फर्कने गर्दछन । विभिन्न प्रजातिका जलचर तथा थलचर प्रजातिका प्राणीहरु प्रशस्त पाइने यस तालमा स्वदेशी तथा विदेशी पर्यटकहरु आउने गर्दछन ।

यस ताललाइ जलचर तथा थलचर एवम चराहरुको अध्ययन स्थलको रुपमा समेत विकास गर्न सकिने प्रशस्त सँभावना रहेको छ । यस तालको चारैतिर पुरातात्विक अवषेशहरु समेत भएको पाइएको हुँदा यस क्षेत्रको गरुयोजना बनाइ विकास गर्न जरुरी देखिन्छ । हाल यस स्थानमा छिटफूट रुपमा अतिथि गृहहरु समेत स्थापना भएका छन भने यस तालको पश्चिममा होमस्टे समेत सञ्चालनमा रहको छ ।
अन्तरिक तथा बाह्य पर्यटकहरुको आर्कषण केन्द्रको रुपमा रहेको यस तालको जैविक विविधता कायम राख्दै स्तरोन्नति गर्न जरुरी रहेको छ । नेपालकै एक प्रमुख गन्तब्य रहेको यस कपिलबस्तु जिल्लामा अवस्थित रहेको कारण पनि यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकहरु भित्राउन सकिने प्रशस्त सम्भावना रहेको छ । प्रदेश नँ ५ सरकारको प्रमुख गन्तब्य सुचीमा पर्न सफल भएको हुँदा विकासले गति लिने अपेक्षा गरिएको छ । यद्यपी विकासको नाममा जैविक र पर्यावरणीय विविधताको नाश गर्ने खालको विकासको कुराले हाम्रो ध्यानाकर्षण भएको छ ।

No comments:

Post a Comment

प्राचिन कपिलवस्तु शहरको विकासका लागी तयार हुँदै गरेको गुरुयोजनाका केहि झल्कोहरु :

 शाक्य गणराज्यको गौरवशाली राजधानी प्राचिन कपिलवस्तु शहरको विकासका लागी तयार हुँदै गरेको गुरुयोजनाका केहि झल्कोहरु :       महाकारुणिक भगवान ब...