Tuesday, September 29, 2020

तिलौराकोट

 

कृपया १ सेयर गराैँ आफ्नाे जिल्लाकाे प्रचार प्रसारमा सहयाेग गराै ।

सिद्धार्थ गौतम बुद्धको जन्म स्थल लुम्बिनीबाट २७ किलोमिटर पश्चिममा अवस्थित कपिलबस्तु जिल्लाको सदरमुकाम तौलिहवा देखी ३ किलोमिटर उत्तर पश्चिममा प्राचीन भागीरथी हाल बाणँगगा भनेर चनिने नदिको पूर्वी किनारमा अवस्थित तिलौराकोट भारतीय वरिष्ठ पुरातत्वविद पि.सी. मुर्खर्जीले सन् १८९९ मा पत्ता लगाएका थिए । धेरै विद्धानहरुले यसलाई प्राचीन कपिलबस्तुको पुरानो राजधानी र एवम शाक्य राजधानी भनेर मान्यता दिएका छन । जहाँ सिद्धार्थले आफ्नो बाल्यकालको २९ बर्ष जीवन व्यतीत गरका थिए । यहाँ इ.पू शताब्दीदेखी सनदोस्रो,शताब्दीसम्मका पुरातात्विक भग्नावशेषहरुका साथै प्राचीन दरबारको पूर्वी तथा पश्चिमीद्धार देख्न सकिन्छ ।
यहाँ प्राप्त भएका भग्नावशेषहरु प्राचीन शाक्य बंश कपिलबस्तुका हुन भन्ने प्रमाणीत गर्दछ । यस राज्य क्षेत्रलाई २२ फिट अग्लो र १० फिट चौडाई भएको सुरक्षा पर्खालले घेरिएकोे छ । यस क्षेत्रमा पश्चिमी र पुर्वीद्धार तथा बीचको वस्तु भग्नावशेषहरु उत्खननबाट प्राप्त भएका छन । सातौँ तथा आठौँ शताब्दी ईशा पूर्वदेखीका माटाका भाँडा,मानव तथा जनावरका प्रतिमाहरु,गुटिका ,चुरा ,पञ्चकर्म तथा ढलौटे मुद्राहरु ,मोहर ,छापका साथै धातुका विभिन्न सामाग्रहरु प्राप्त भएका छन । तिलौराकोट दरबारदेखी लगभग १०० मिटर उत्तरमा राजा शुद्धोधन र रानी मायादेवीको समाधिस्थल रहेको छ । जहाँ बौद्ध धर्मावलम्बीहरुले विधिपुर्वक पुजा आजा गर्ने,ध्यान गर्ने परम्परा रहेको छ ।
दरबारको पूर्वीद्धारबाट लगभग ५० मिटरको दुरीमा राजा शुद्धोधनको घोडा बाध्ने स्थलको रुपमा परिचीत स्थान उत्खननबाट प्राप्त भएको छ जसलाई कन्थक स्तुप भनेर चिनिन्छ । शाक्य राजधानी तिलौराकोटको उत्खननबाट फेला परेका प्राचीन सामाग्रीहरु कपिलबस्तु संग्रहालय ,लुम्बिनी संग्रहालय रुपन्देही तथा काठमाण्डौ लगायत विभिन्न देशमा सुरक्षित रुपमा रहेका छन ।

सिसहनिया कुसना कालको महत्वपूर्ण शिलाकेन्द्र ।

 

सेयर गरौ आफ्नो जिल्लाको प्रचार प्रसार आफै गरौ ।

सिद्धार्थ गौतम बुद्धको राजधानी तिलौराकोटबाट १२ किलोमिटर दक्षिणमा अवस्थित यस क्षेत्रमा शाक्यहरुद्धारा निर्र्मित प्राचीन स्तुपहरु लगायतका भग्नावशेषहरु यत्र तत्र रहेको देख्न सकिन्छ । कपिलबस्तु जिल्लामा भएका पुरातात्विक क्षेत्रहरु मध्ये यो एउटा महत्वपूर्ण क्षेत्र हो । यस क्षेत्रको विकास र प्रचार प्रसारको अभावमा यो पुरातात्विक स्थल अझैसम्म पनि ओझेलमा परेको छ ।
यस क्षेत्रमा प्रोफेसर डा.एल.ए.बाडेलको नेतृत्वमा नेपाल र ईटालीका अनुसन्धानकर्ताहरुको संयुक्त टोलीले सन् १९९३ देखी सन् १९९४ सम्म गरेको अनुसन्धानले सिसहनियामा कुसना कालको महत्वपूर्ण शिलाकेन्द्रको अस्थित्व रहेको तथ्य पत्ता लगाए । उत्खननको क्रममा सतहबाट प्राचीन ईटा ,माटोका भाडाहरु र शाक्यकालिन आहात मुद्राहरु संकलन गरिएको थियो ।

सग्रहवा ताल जसलाई लम्बुसागरका नामले चिन्ने गरिन्छ ।

सग्रहवा ताल जसलाई लम्बुसागरका नामले चिन्ने गरिन्छ ।
सेयर गराै आफ्नाे सम्पदाकाे प्रचार प्रसार आफै गराै ।


कपिलबस्तु जिल्लाको सदरमुकाम तौलिहवाबाट १२ किलोमिटर उत्तरमा पर्ने सग्रहवा ताल जसलाई लम्बुसागरका नामले चिन्ने गरिन्छ । कोसलाको प्रसेनाजित राजाको छोरा,राजा विरुदकले प्रतिशोधका कारण हजारौ शाक्यबंशीलाई यसै पोखरीमा सामुहिक हत्या गरेको विश्वास गरीन्छ । यस पोखरीको कुल क्षेत्रफल लम्बाई १०५९ फिट र चौडाई २२५ फिट रहेको छ ।यहाँ पुराना भग्नावषेशहरु मुख्यतयाः स्तुप र गुम्बा यस पोखरीका पश्चिमी र दक्षिणी किनारमा अवस्थित रहेका छन ।
पुरातत्वविद डा.फुहररले सन १९९८ मा नेपाल सरकारको तर्फबाट पहिलोपटक उत्खनन गरे र यहाँ हजारौ साना अवषेश स्तुपहरु रहेको पत्ता लगाए । चिनिया यात्री ह्यूएन साङले आफ्नो यात्रा विवरणमा सग्रहवाको भ्रमण गरेको र यहाँ हजारौँ स्तुपहरुको उपस्थितिको वर्णन गरे । साथै उक्त विवरणमा शाक्य कुलका सदस्यहरुको हत्या गरिएको कुरा उल्लेख गरेका छन ।
ऐतिहासिक,पुरातात्विक एवम पर्यटकीय सम्भावनाले महत्वपूर्ण यस क्षेत्रको स्तरोन्नति भने भएको छैन । यस क्षेत्रमा राज्यको ध्यान केन्द्रित हुन नक्दा यस्ता राष्ट्रिय तथा अन्तराष्ट्रिय महत्वका धरोहरहरु ओझेलमा परेका छन । हरियो डलर आर्जन गर्न सक्ने प्रशस्त आधारहरु हुँदा हुँदै यस क्षेत्रको स्तरोन्नतिमा राज्यले चासो नलिदाँ कपिलबस्तु बासीहरु सधै निराश हुनु परेको जनगुनासो बढेको पाइन्छ

अराैराकाेट

 

अराैराकाेट

निग्लिहवाको १ किलोमिटर पुर्व र कपिलबस्तु जिल्लाको सदरमुकाम तौलिहवाबाट १० किलोमिटर उत्तर पूर्वमा अवस्थित कनकमुनी बुद्धको नगरीलाई अरौराकोट नामले चिन्ने गरिन्छ । यसै ठाउँमा कनकमुनी बुद्धले आफ्नो बालापन साथै विवाहित जीवन व्यतित गरे । आयाताकार स्वरुपमा रहेको यस क्षेत्रमा प्राचीनकालीन भग्नावषेशहरु रहेको देख्न सकिन्छ ।
पुरातत्वविद टि.एन.मिश्रले सन १९७७ मा गरेको उत्खननबाट अरौराकाकोटलाई ध्वस्त शहरको रुपमा व्याख्या गरे । साथै यीनले निग्लिहवा स्थित रहेको अशोक स्तम्भको मुल स्थान पत्ता लगाउन अरौराकोट लगायत यस क्षेत्र वरपर उत्खनन गर्न सिफारिस गरे । उत्खनन भने अझैसम्म पनि हुन सकेको छैन ।
नेपाल र ईटालीका पुरातत्वविदहरुको संयुक्त टोलीेले सन् १९९६—१९९७ मा गरेको अनुसन्धानले यस क्षेत्रमा ९ पुरातात्विक क्षेत्रहरु पहिचान गरेको छ ।
सन् २०१५ मा संयुक्त अधिराज्य बेलायतको जाफिट परियोजना अन्र्तगत युनेस्कोले लुम्बिनी विकास कोष,पुरातत्व विभाग,युरोपको डुर्हम विश्वविद्यालय लगायतका टोलीहरुको नेतृत्व गर्दै संयुक्त भौगोलिक सर्वेक्षण गर्दै विशाल संरचनात्मक खण्डहर खोल्यो ।

निग्लिहवा, कनकमुनी बुद्धकाे जन्म स्थल

निग्लिहवा, कनकमुनी बुद्धकाे जन्म स्थल

कपिलबस्तु जिल्लाको सदरमुकाम तौलिहवाबाट ७ किलोमिटर उत्तरमा रहेको निग्लिहवालाई कनकमुनी बुद्धको जन्मस्थलको रुपमा चिनिन्छ । यस स्थलमा सम्राट अशोकले आफ्नो राज्य भिषेकको चौथोँ बर्षमा ई.पू.२४९मा आर्फै शिलास्तम्भ निर्माण गरेको कुरा शिलालेखमा कुँदिएको छ । ब्राह्मी भाषा र पाली भाषामा लेखिएको शिलालेखले यो प्रमाणीत गर्दछ की सम्राट अशोकले आफ्नो राज्यभिषेकको बीसौ बर्षमा कनकमुनी बुद्धको स्तुप विस्तार गरे,यसको पुजा गरे र कनकमुनी बुद्धको जन्मस्थलको चिन्हको लागी एउटा ढुँगाको पिलर खडा गरे जुन स्तम्भमा राजा रिपु मल्लको “ओम मणि पद्ये हम र श्री रिपु मल्ल चिरम जयँतु १२३४” भन्ने शिलालेख छ जुन सन १३१२ कुदिँएको उल्लेख गरिएको छ ।
हाल अशोक स्तम्भ २ टुक्रामा विभाजन भएको अवस्थामा देख्न सकिन्छ । विभाजित उक्त स्तम्भको तल्लो भाग १० फिट ६ ईन्च लामो रहेको छ भने माथिल्लो आधा भाग १४ फिट ९ ईन्च लामो रहेको छ ।

यहाँ कनकमुनी बुद्धको एक सालिक समेत स्थापना गरिएको छ । हाल यहाँ ढलेको अवस्थामा रहेको अशोक स्तम्भलाई सुरक्षित तवरले घेरेर राखिएको छ । यसको माथिल्लो भागको व्यास २ फिट रहेको छ भने तल्लो भागको व्यास २ फिट ६ ईन्च रहेको छ । जसलाई सन् १८९५मा पुरातत्वविद डा.फुहररले पत्ता लगाएका थिए ।
पर्यटकीय एवम पुरातात्विक महत्वको यस क्षेत्र कनकमुनी बुद्धको जन्म स्थल निग्लिहवाको अझैसम्म पनि विकास र स्तरोन्नति हुन सकेको छैन । यी क्षेत्रको स्तरोन्नति र विकास नहुँदा यस क्षेत्रका स्थानियहरु सदैव निराश भएका छन ।

कुदान ( प्राचीन निग्राेधराम )

 

कुदान ( प्राचीन निग्राेधराम )


      बुद्धको जन्मस्थल लुम्बिनीबाट २८ किलोमिटर दक्षिण पश्चिममा अवस्थित रहेको छ भने,कपिलबस्तु जिल्लाको सदरमुकाम तौलिहवाबाट ३ किलोमिटर दक्षिणमा रहेको यस कुदानलाई प्राचीन निग्रोधरामका नामले पनि चिन्न सकिन्छ ।

यस स्थलमा सिद्धार्थ गौतम बुद्धले ज्ञान प्राप्त गरि सकेपछि पहिलोपटक प्राचीन कपिलबस्तुका राजा एवम सिद्धार्थ गौतमका बुवा शुद्धोधन , रानी प्रजापती गौतमी ,श्रीमती तथा राजकुमारी यशोधरा तथा छोरा राहुललाई पहिलोपटक भेट गरेका थिए । यसै ठाउँमा प्रजापतिले बुद्धलाई काष्य बस्त्र प्रदान गरेकी तथा बुद्धका पुत्र राहुललाई भिच्छु बनाएका थिए ।

धार्मिक तथा पुरातात्विक यस स्थलमा हाल ३ वटा स्तुपहरु ,१ पोखरी,१ ईनार रहेका छन । चिनिया यात्री फाहिसियन (Fa-hsien ,5th Century AD) तथा ह्यूएन साङ (Hiuen Tsang , 7th Centry AD )मा गरेको आफ्नो यात्रा विवरणमा राजा शुद्धोधन, तथा शाक्यमुनी बुद्धले निग्रोधराममा स्वागत गरेको घटनाहरु वर्णन गरेका छन । केही विद्धानहरुले यस स्थललाई क्रकुच्छन्द बुद्धको जन्मजात शहरको रुपमा समेत रहेको परिचय दिएका छन ।

धार्मिक, एतिहाँसिक ,पुरातात्विक एवम पर्यटकीय दृष्टिकाेँणले महत्वपूर्ण यस क्षेत्रकाे स्तराेन्नति एवम विकास अझैसम्म पनि हुन सकेकाे छैन । राष्ट्रिय तथा अन्तराष्ट्रिय महत्वकाे यस क्षेत्रकाे विकास नहुँदा कपिलबस्तु बासी निराश हुनु परेकाे छ । विश्वभरका सयाै राष्ट्रबाट पर्यटकहरु आउने यस क्षेत्र नेपालमै हराइरहेकाे छ । नेपालकै धेरैजसाे ठाँउका मानिसहरु बुद्ध नेपालकाे लुम्बिनीमा जन्मीएका हुन भन्ने बाहेक बुद्धसँग सम्बन्धित यी क्षेत्रहरुकाे बारेमा जानकारी नै पाउन सकेका छैनन ।

त्यसैले यी सम्पदा तथा क्षेत्रहरुकाे प्रचार प्रसार र जानकारी गराउनु हामी सबैकाे दायित्व हाे ।

Sunday, September 27, 2020

ताम्रेश्वर महादेवको नामबाट परिचित कपिलबस्तु जिल्लाको तौलेश्वरनाथ(शिवालय) मन्दिर ।

तौलेश्वरनाथ(शिवालय) मन्दिर,तौलिहवा कपिलबस्तु
ताम्रेश्वर महादेवको नामबाट परिचित कपिलबस्तु जिल्लाको सदरमुकाम तौलिहवा बजारको मध्य भागमा अवस्थित समुन्द्र सतहबाट ९० फिट उचाइमा रहेको यस मन्दिरमा प्राचीन शिवलिङ्ग तथा विभिन्न पत्थरका देवी
देवताका मूर्तिहरु रहेका छन । सिद्धार्थ गौतम बुद्धको लुम्बिनीमा जन्म भए पछी यसै स्थानमा ल्याई उनलाई ताम्रेश्वर महादेवको दर्शन गराई तिलौराकोट दरबार प्रवेश गराईएको भन्ने विश्वास गरीन्छ । यस मन्दिरमा रहेको शिवलिङ्गका बारेमा अध्ययन अनुसन्धान हुन आवश्यक रहेको विद्धानहरु बताउँछन् । यहाँ रहेको शिवलिङ्ग सँसारकै ठुलो शिवलिङ्ग भएको मानिन्छ । यस मन्दिरमा महाशिव रात्रीमा स्वदेशी तथा विदेशी भक्तजन तथा दर्शनार्थीहरुको भब्य आगमन सँगै महाशिवरात्री मेला लाग्ने गर्दछ ।
धार्मिक एतिहाँसिक तथा पुरातात्विक महत्वको यस क्षेत्रको प्रचार

प्रसारको अभाव र स्तरोन्नति हुन नसक्दा नेपालमै हराइरहेको तथा ओझेलमा परेको छ । अझैसम्म यस मन्दिरको अध्ययन अनुसन्धान एवम तिब्र बिकास हुन नसक्दा यस क्षेत्रका स्थानियहरु निराश भएका छन । यसको तिब्र प्रचार प्रसार एवम स्तरोन्नति र विकास गर्न सके यस क्षेत्रको अर्थतन्त्रमा समेत टेवा पुग्ने प्रशस्त सँभावना रहेको छ । यसको स्तरोन्नति,विकास र प्रचार प्रसारमा स्थानिय जनसमुदायको उल्लेख्य भुमिका रहेको हुँदा यसको अध्ययन अनुसन्धान र विकासका लागी तिब्र आवाज उठान गर्न हार्दिक अनुरोध गर्दै यसको चौर्तफि विकासको लागी नेपाल सरकारको समेत ध्यानाकर्षण गर्दछौ ।


तिलौराकोट

  कृपया १ सेयर गराैँ आफ्नाे जिल्लाकाे प्रचार प्रसारमा सहयाेग गराै । सिद्धार्थ गौतम बुद्धको जन्म स्थल लुम्बिनीबाट २७ किलोमिटर पश्चिममा अवस्थि...