Tuesday, September 29, 2020

सग्रहवा ताल जसलाई लम्बुसागरका नामले चिन्ने गरिन्छ ।

सग्रहवा ताल जसलाई लम्बुसागरका नामले चिन्ने गरिन्छ ।
सेयर गराै आफ्नाे सम्पदाकाे प्रचार प्रसार आफै गराै ।


कपिलबस्तु जिल्लाको सदरमुकाम तौलिहवाबाट १२ किलोमिटर उत्तरमा पर्ने सग्रहवा ताल जसलाई लम्बुसागरका नामले चिन्ने गरिन्छ । कोसलाको प्रसेनाजित राजाको छोरा,राजा विरुदकले प्रतिशोधका कारण हजारौ शाक्यबंशीलाई यसै पोखरीमा सामुहिक हत्या गरेको विश्वास गरीन्छ । यस पोखरीको कुल क्षेत्रफल लम्बाई १०५९ फिट र चौडाई २२५ फिट रहेको छ ।यहाँ पुराना भग्नावषेशहरु मुख्यतयाः स्तुप र गुम्बा यस पोखरीका पश्चिमी र दक्षिणी किनारमा अवस्थित रहेका छन ।
पुरातत्वविद डा.फुहररले सन १९९८ मा नेपाल सरकारको तर्फबाट पहिलोपटक उत्खनन गरे र यहाँ हजारौ साना अवषेश स्तुपहरु रहेको पत्ता लगाए । चिनिया यात्री ह्यूएन साङले आफ्नो यात्रा विवरणमा सग्रहवाको भ्रमण गरेको र यहाँ हजारौँ स्तुपहरुको उपस्थितिको वर्णन गरे । साथै उक्त विवरणमा शाक्य कुलका सदस्यहरुको हत्या गरिएको कुरा उल्लेख गरेका छन ।
ऐतिहासिक,पुरातात्विक एवम पर्यटकीय सम्भावनाले महत्वपूर्ण यस क्षेत्रको स्तरोन्नति भने भएको छैन । यस क्षेत्रमा राज्यको ध्यान केन्द्रित हुन नक्दा यस्ता राष्ट्रिय तथा अन्तराष्ट्रिय महत्वका धरोहरहरु ओझेलमा परेका छन । हरियो डलर आर्जन गर्न सक्ने प्रशस्त आधारहरु हुँदा हुँदै यस क्षेत्रको स्तरोन्नतिमा राज्यले चासो नलिदाँ कपिलबस्तु बासीहरु सधै निराश हुनु परेको जनगुनासो बढेको पाइन्छ

No comments:

Post a Comment

प्राचिन कपिलवस्तु शहरको विकासका लागी तयार हुँदै गरेको गुरुयोजनाका केहि झल्कोहरु :

 शाक्य गणराज्यको गौरवशाली राजधानी प्राचिन कपिलवस्तु शहरको विकासका लागी तयार हुँदै गरेको गुरुयोजनाका केहि झल्कोहरु :       महाकारुणिक भगवान ब...