Tuesday, September 29, 2020

तिलौराकोट

 

कृपया १ सेयर गराैँ आफ्नाे जिल्लाकाे प्रचार प्रसारमा सहयाेग गराै ।

सिद्धार्थ गौतम बुद्धको जन्म स्थल लुम्बिनीबाट २७ किलोमिटर पश्चिममा अवस्थित कपिलबस्तु जिल्लाको सदरमुकाम तौलिहवा देखी ३ किलोमिटर उत्तर पश्चिममा प्राचीन भागीरथी हाल बाणँगगा भनेर चनिने नदिको पूर्वी किनारमा अवस्थित तिलौराकोट भारतीय वरिष्ठ पुरातत्वविद पि.सी. मुर्खर्जीले सन् १८९९ मा पत्ता लगाएका थिए । धेरै विद्धानहरुले यसलाई प्राचीन कपिलबस्तुको पुरानो राजधानी र एवम शाक्य राजधानी भनेर मान्यता दिएका छन । जहाँ सिद्धार्थले आफ्नो बाल्यकालको २९ बर्ष जीवन व्यतीत गरका थिए । यहाँ इ.पू शताब्दीदेखी सनदोस्रो,शताब्दीसम्मका पुरातात्विक भग्नावशेषहरुका साथै प्राचीन दरबारको पूर्वी तथा पश्चिमीद्धार देख्न सकिन्छ ।
यहाँ प्राप्त भएका भग्नावशेषहरु प्राचीन शाक्य बंश कपिलबस्तुका हुन भन्ने प्रमाणीत गर्दछ । यस राज्य क्षेत्रलाई २२ फिट अग्लो र १० फिट चौडाई भएको सुरक्षा पर्खालले घेरिएकोे छ । यस क्षेत्रमा पश्चिमी र पुर्वीद्धार तथा बीचको वस्तु भग्नावशेषहरु उत्खननबाट प्राप्त भएका छन । सातौँ तथा आठौँ शताब्दी ईशा पूर्वदेखीका माटाका भाँडा,मानव तथा जनावरका प्रतिमाहरु,गुटिका ,चुरा ,पञ्चकर्म तथा ढलौटे मुद्राहरु ,मोहर ,छापका साथै धातुका विभिन्न सामाग्रहरु प्राप्त भएका छन । तिलौराकोट दरबारदेखी लगभग १०० मिटर उत्तरमा राजा शुद्धोधन र रानी मायादेवीको समाधिस्थल रहेको छ । जहाँ बौद्ध धर्मावलम्बीहरुले विधिपुर्वक पुजा आजा गर्ने,ध्यान गर्ने परम्परा रहेको छ ।
दरबारको पूर्वीद्धारबाट लगभग ५० मिटरको दुरीमा राजा शुद्धोधनको घोडा बाध्ने स्थलको रुपमा परिचीत स्थान उत्खननबाट प्राप्त भएको छ जसलाई कन्थक स्तुप भनेर चिनिन्छ । शाक्य राजधानी तिलौराकोटको उत्खननबाट फेला परेका प्राचीन सामाग्रीहरु कपिलबस्तु संग्रहालय ,लुम्बिनी संग्रहालय रुपन्देही तथा काठमाण्डौ लगायत विभिन्न देशमा सुरक्षित रुपमा रहेका छन ।

No comments:

Post a Comment

प्राचिन कपिलवस्तु शहरको विकासका लागी तयार हुँदै गरेको गुरुयोजनाका केहि झल्कोहरु :

 शाक्य गणराज्यको गौरवशाली राजधानी प्राचिन कपिलवस्तु शहरको विकासका लागी तयार हुँदै गरेको गुरुयोजनाका केहि झल्कोहरु :       महाकारुणिक भगवान ब...