Saturday, November 20, 2021

प्राचिन कपिलवस्तु शहरको विकासका लागी तयार हुँदै गरेको गुरुयोजनाका केहि झल्कोहरु :

 शाक्य गणराज्यको गौरवशाली राजधानी प्राचिन कपिलवस्तु शहरको विकासका लागी तयार हुँदै गरेको गुरुयोजनाका केहि झल्कोहरु :


      महाकारुणिक भगवान बुद्धको आफ्नो गृहनगर प्राचीन कपिलवस्तु तिलौराकोट लाई विश्व-स्तरीय सम्पदा सहर (International Heritage & Cultural City) को रुपमा विकासगर्नलागी बिगत तीनवर्ष देखि थालिएको प्रयासले योजनागत मूर्तरूप लिन लागेको देख्दा खुसी लागेको छ। शाक्यकूल दीपक भगवान शाक्यमुनी बुद्ध भन्दा पहिले नै भगवान क्रकुसन्ध र कोनागमन बुद्ध हरु जन्माएको, तिलौराकोट दरबार, गोटीहावा, कुदान, निग्लिहवा, सिसहनिया, जगदीशपुर ताल जस्ता सम्पदाक्षेत्र हरु भएको, कपिलमुनि  र असित ऋषि जस्ता ब्रह्मज्ञानी महर्षि हरु द्वारा भुसित कपिलवस्तु मा प्रयाप्त सम्भावना हरु छन्। तिलौराकोट दरबार देखि, सगरहावा, जगदीशपुर् ताल सम्म एतिहासिक भागिरथी (वर्तमान बाणगंगा) नदी समेटेर तयार हुन् लागेको यस कपिलवस्तु गुरुयोजनाले प्राचिन कपिलवस्तु लाई पुनः एकचोटी गौरवशाली विश्व-स्तरीय सम्पदा सहर को रुपमा स्थापित गर्ने आश लिएका छौँ। लुम्बिनी गुरुयोजना बाट पनिसिकेर स्थानीय बासिन्दा लाई पर्खाल बाहिर मात्र नराखेर सबै समाबेसी Integrated Sustinable City को रुपमा तयारी गर्दैछौँ। यस अन्तर्गत, विश्व बौद्ध ग्राम (Global Buddhist World), Museum, Visitor Centre, Handicraft & Art village, सिद्धार्थ राजकुमार लाई बनाएको रम्य, सुरम्य र शुभ दरबार हरु, शाक्यबंस Memorial Park, साथै महाराज शुद्दोदन, माता महामयादेवी, प्रजापति गौतमी, यशोधरा, आनन्द, राहुल, उपाली र अनिरुद्द पार्क र Centre हरु, २५० क्षमता को अंतर्रस्त्रिय बिपस्यना ध्यानकेन्द्र, ५०० क्षमताको अन्तरास्ट्रिय बौद्ध अध्ययन केन्द्र, २० km लामो घाट क्षेत्र, Buddhist Exhibition Center आदी समाबेस हुनेछन । आशाछ आउदो बुद्धजयन्ति सम्म यो पबित्रकार्य निश्चित लक्ष्यसम्म पुग्नेछ। हामी माथी विश्वास र धैर्य राखी सहयोग गर्ने सबैप्रति आभारी छौँ।

Friday, October 2, 2020

कपिलवस्तु NEWS : स्वामित्व विहिन ,पूर्जाविहिन शहर नै राजधानि वन्दै...

कपिलवस्तु NEWS : स्वामित्व विहिन ,पूर्जाविहिन शहर नै राजधानि वन्दै...: भालुबाङ (दाङ) : दाङको पूर्वीनाका भालुवाङमा सहरीकरण तीव्र रूपमा भइरहेको छ। पूर्वाधार निर्माणमा करोडौं खर्च भइसकेको भालुवाङ कसैको स्वामित्व...

Tuesday, September 29, 2020

तिलौराकोट

 

कृपया १ सेयर गराैँ आफ्नाे जिल्लाकाे प्रचार प्रसारमा सहयाेग गराै ।

सिद्धार्थ गौतम बुद्धको जन्म स्थल लुम्बिनीबाट २७ किलोमिटर पश्चिममा अवस्थित कपिलबस्तु जिल्लाको सदरमुकाम तौलिहवा देखी ३ किलोमिटर उत्तर पश्चिममा प्राचीन भागीरथी हाल बाणँगगा भनेर चनिने नदिको पूर्वी किनारमा अवस्थित तिलौराकोट भारतीय वरिष्ठ पुरातत्वविद पि.सी. मुर्खर्जीले सन् १८९९ मा पत्ता लगाएका थिए । धेरै विद्धानहरुले यसलाई प्राचीन कपिलबस्तुको पुरानो राजधानी र एवम शाक्य राजधानी भनेर मान्यता दिएका छन । जहाँ सिद्धार्थले आफ्नो बाल्यकालको २९ बर्ष जीवन व्यतीत गरका थिए । यहाँ इ.पू शताब्दीदेखी सनदोस्रो,शताब्दीसम्मका पुरातात्विक भग्नावशेषहरुका साथै प्राचीन दरबारको पूर्वी तथा पश्चिमीद्धार देख्न सकिन्छ ।
यहाँ प्राप्त भएका भग्नावशेषहरु प्राचीन शाक्य बंश कपिलबस्तुका हुन भन्ने प्रमाणीत गर्दछ । यस राज्य क्षेत्रलाई २२ फिट अग्लो र १० फिट चौडाई भएको सुरक्षा पर्खालले घेरिएकोे छ । यस क्षेत्रमा पश्चिमी र पुर्वीद्धार तथा बीचको वस्तु भग्नावशेषहरु उत्खननबाट प्राप्त भएका छन । सातौँ तथा आठौँ शताब्दी ईशा पूर्वदेखीका माटाका भाँडा,मानव तथा जनावरका प्रतिमाहरु,गुटिका ,चुरा ,पञ्चकर्म तथा ढलौटे मुद्राहरु ,मोहर ,छापका साथै धातुका विभिन्न सामाग्रहरु प्राप्त भएका छन । तिलौराकोट दरबारदेखी लगभग १०० मिटर उत्तरमा राजा शुद्धोधन र रानी मायादेवीको समाधिस्थल रहेको छ । जहाँ बौद्ध धर्मावलम्बीहरुले विधिपुर्वक पुजा आजा गर्ने,ध्यान गर्ने परम्परा रहेको छ ।
दरबारको पूर्वीद्धारबाट लगभग ५० मिटरको दुरीमा राजा शुद्धोधनको घोडा बाध्ने स्थलको रुपमा परिचीत स्थान उत्खननबाट प्राप्त भएको छ जसलाई कन्थक स्तुप भनेर चिनिन्छ । शाक्य राजधानी तिलौराकोटको उत्खननबाट फेला परेका प्राचीन सामाग्रीहरु कपिलबस्तु संग्रहालय ,लुम्बिनी संग्रहालय रुपन्देही तथा काठमाण्डौ लगायत विभिन्न देशमा सुरक्षित रुपमा रहेका छन ।

सिसहनिया कुसना कालको महत्वपूर्ण शिलाकेन्द्र ।

 

सेयर गरौ आफ्नो जिल्लाको प्रचार प्रसार आफै गरौ ।

सिद्धार्थ गौतम बुद्धको राजधानी तिलौराकोटबाट १२ किलोमिटर दक्षिणमा अवस्थित यस क्षेत्रमा शाक्यहरुद्धारा निर्र्मित प्राचीन स्तुपहरु लगायतका भग्नावशेषहरु यत्र तत्र रहेको देख्न सकिन्छ । कपिलबस्तु जिल्लामा भएका पुरातात्विक क्षेत्रहरु मध्ये यो एउटा महत्वपूर्ण क्षेत्र हो । यस क्षेत्रको विकास र प्रचार प्रसारको अभावमा यो पुरातात्विक स्थल अझैसम्म पनि ओझेलमा परेको छ ।
यस क्षेत्रमा प्रोफेसर डा.एल.ए.बाडेलको नेतृत्वमा नेपाल र ईटालीका अनुसन्धानकर्ताहरुको संयुक्त टोलीले सन् १९९३ देखी सन् १९९४ सम्म गरेको अनुसन्धानले सिसहनियामा कुसना कालको महत्वपूर्ण शिलाकेन्द्रको अस्थित्व रहेको तथ्य पत्ता लगाए । उत्खननको क्रममा सतहबाट प्राचीन ईटा ,माटोका भाडाहरु र शाक्यकालिन आहात मुद्राहरु संकलन गरिएको थियो ।

सग्रहवा ताल जसलाई लम्बुसागरका नामले चिन्ने गरिन्छ ।

सग्रहवा ताल जसलाई लम्बुसागरका नामले चिन्ने गरिन्छ ।
सेयर गराै आफ्नाे सम्पदाकाे प्रचार प्रसार आफै गराै ।


कपिलबस्तु जिल्लाको सदरमुकाम तौलिहवाबाट १२ किलोमिटर उत्तरमा पर्ने सग्रहवा ताल जसलाई लम्बुसागरका नामले चिन्ने गरिन्छ । कोसलाको प्रसेनाजित राजाको छोरा,राजा विरुदकले प्रतिशोधका कारण हजारौ शाक्यबंशीलाई यसै पोखरीमा सामुहिक हत्या गरेको विश्वास गरीन्छ । यस पोखरीको कुल क्षेत्रफल लम्बाई १०५९ फिट र चौडाई २२५ फिट रहेको छ ।यहाँ पुराना भग्नावषेशहरु मुख्यतयाः स्तुप र गुम्बा यस पोखरीका पश्चिमी र दक्षिणी किनारमा अवस्थित रहेका छन ।
पुरातत्वविद डा.फुहररले सन १९९८ मा नेपाल सरकारको तर्फबाट पहिलोपटक उत्खनन गरे र यहाँ हजारौ साना अवषेश स्तुपहरु रहेको पत्ता लगाए । चिनिया यात्री ह्यूएन साङले आफ्नो यात्रा विवरणमा सग्रहवाको भ्रमण गरेको र यहाँ हजारौँ स्तुपहरुको उपस्थितिको वर्णन गरे । साथै उक्त विवरणमा शाक्य कुलका सदस्यहरुको हत्या गरिएको कुरा उल्लेख गरेका छन ।
ऐतिहासिक,पुरातात्विक एवम पर्यटकीय सम्भावनाले महत्वपूर्ण यस क्षेत्रको स्तरोन्नति भने भएको छैन । यस क्षेत्रमा राज्यको ध्यान केन्द्रित हुन नक्दा यस्ता राष्ट्रिय तथा अन्तराष्ट्रिय महत्वका धरोहरहरु ओझेलमा परेका छन । हरियो डलर आर्जन गर्न सक्ने प्रशस्त आधारहरु हुँदा हुँदै यस क्षेत्रको स्तरोन्नतिमा राज्यले चासो नलिदाँ कपिलबस्तु बासीहरु सधै निराश हुनु परेको जनगुनासो बढेको पाइन्छ

अराैराकाेट

 

अराैराकाेट

निग्लिहवाको १ किलोमिटर पुर्व र कपिलबस्तु जिल्लाको सदरमुकाम तौलिहवाबाट १० किलोमिटर उत्तर पूर्वमा अवस्थित कनकमुनी बुद्धको नगरीलाई अरौराकोट नामले चिन्ने गरिन्छ । यसै ठाउँमा कनकमुनी बुद्धले आफ्नो बालापन साथै विवाहित जीवन व्यतित गरे । आयाताकार स्वरुपमा रहेको यस क्षेत्रमा प्राचीनकालीन भग्नावषेशहरु रहेको देख्न सकिन्छ ।
पुरातत्वविद टि.एन.मिश्रले सन १९७७ मा गरेको उत्खननबाट अरौराकाकोटलाई ध्वस्त शहरको रुपमा व्याख्या गरे । साथै यीनले निग्लिहवा स्थित रहेको अशोक स्तम्भको मुल स्थान पत्ता लगाउन अरौराकोट लगायत यस क्षेत्र वरपर उत्खनन गर्न सिफारिस गरे । उत्खनन भने अझैसम्म पनि हुन सकेको छैन ।
नेपाल र ईटालीका पुरातत्वविदहरुको संयुक्त टोलीेले सन् १९९६—१९९७ मा गरेको अनुसन्धानले यस क्षेत्रमा ९ पुरातात्विक क्षेत्रहरु पहिचान गरेको छ ।
सन् २०१५ मा संयुक्त अधिराज्य बेलायतको जाफिट परियोजना अन्र्तगत युनेस्कोले लुम्बिनी विकास कोष,पुरातत्व विभाग,युरोपको डुर्हम विश्वविद्यालय लगायतका टोलीहरुको नेतृत्व गर्दै संयुक्त भौगोलिक सर्वेक्षण गर्दै विशाल संरचनात्मक खण्डहर खोल्यो ।

निग्लिहवा, कनकमुनी बुद्धकाे जन्म स्थल

निग्लिहवा, कनकमुनी बुद्धकाे जन्म स्थल

कपिलबस्तु जिल्लाको सदरमुकाम तौलिहवाबाट ७ किलोमिटर उत्तरमा रहेको निग्लिहवालाई कनकमुनी बुद्धको जन्मस्थलको रुपमा चिनिन्छ । यस स्थलमा सम्राट अशोकले आफ्नो राज्य भिषेकको चौथोँ बर्षमा ई.पू.२४९मा आर्फै शिलास्तम्भ निर्माण गरेको कुरा शिलालेखमा कुँदिएको छ । ब्राह्मी भाषा र पाली भाषामा लेखिएको शिलालेखले यो प्रमाणीत गर्दछ की सम्राट अशोकले आफ्नो राज्यभिषेकको बीसौ बर्षमा कनकमुनी बुद्धको स्तुप विस्तार गरे,यसको पुजा गरे र कनकमुनी बुद्धको जन्मस्थलको चिन्हको लागी एउटा ढुँगाको पिलर खडा गरे जुन स्तम्भमा राजा रिपु मल्लको “ओम मणि पद्ये हम र श्री रिपु मल्ल चिरम जयँतु १२३४” भन्ने शिलालेख छ जुन सन १३१२ कुदिँएको उल्लेख गरिएको छ ।
हाल अशोक स्तम्भ २ टुक्रामा विभाजन भएको अवस्थामा देख्न सकिन्छ । विभाजित उक्त स्तम्भको तल्लो भाग १० फिट ६ ईन्च लामो रहेको छ भने माथिल्लो आधा भाग १४ फिट ९ ईन्च लामो रहेको छ ।

यहाँ कनकमुनी बुद्धको एक सालिक समेत स्थापना गरिएको छ । हाल यहाँ ढलेको अवस्थामा रहेको अशोक स्तम्भलाई सुरक्षित तवरले घेरेर राखिएको छ । यसको माथिल्लो भागको व्यास २ फिट रहेको छ भने तल्लो भागको व्यास २ फिट ६ ईन्च रहेको छ । जसलाई सन् १८९५मा पुरातत्वविद डा.फुहररले पत्ता लगाएका थिए ।
पर्यटकीय एवम पुरातात्विक महत्वको यस क्षेत्र कनकमुनी बुद्धको जन्म स्थल निग्लिहवाको अझैसम्म पनि विकास र स्तरोन्नति हुन सकेको छैन । यी क्षेत्रको स्तरोन्नति र विकास नहुँदा यस क्षेत्रका स्थानियहरु सदैव निराश भएका छन ।

प्राचिन कपिलवस्तु शहरको विकासका लागी तयार हुँदै गरेको गुरुयोजनाका केहि झल्कोहरु :

 शाक्य गणराज्यको गौरवशाली राजधानी प्राचिन कपिलवस्तु शहरको विकासका लागी तयार हुँदै गरेको गुरुयोजनाका केहि झल्कोहरु :       महाकारुणिक भगवान ब...